काठ्माण्डौँ : केन्यामा भोकै बसेर ‘येशूलाई भेट्न’ भन्दै आफ्ना अनुयायीलाई उपवास बस्न लगाएको एक धार्मिक सम्प्रदायका नेता पल म्याकेन्जी १९१ जनाको हत्यामा दोषी ठहर भएका छन् । मृतकमध्ये १९० जना बालबालिका रहेको अभियोजन पक्षले जनाएको छ।बिबिसिमा उल्लेख भए अनुसार म्याकेन्जीले सन् २००३ मा ‘गुड न्युज इन्टरनेशनल मिनिस्ट्रीज’ नामक चर्च स्थापना गरेका थिए । उनले १६ वर्षसम्म चर्च सञ्चालन गर्दै केन्याभरि हजारौँ अनुयायी बनाएका थिए । उनको शिक्षामा औपचारिक शिक्षा निषेधित, आधुनिक चिकित्सा &lsq