काठमाडौं : फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले देशका विभिन्न सहरमा फैलिएको हिंसा र तोडफोड नियन्त्रण गर्न आवश्यकताअनुसार केही क्षेत्रमा रात्रिकालीन कर्फ्यु लगाउन सकिने बताएका छन्। उनले हिंसा जारी रहे देशमा संकटकालसमेत घोषणा गर्न सकिने चेतावनी दिएका छन्।बीबीसीका संवाददाताका अनुसार हिंसात्मक प्रदर्शनबाट उत्पन्न संकटबारे पेरिसमा मन्त्रिपरिषद्को बैठक बसेपछि प्रधानमन्त्री लेकोर्नुले सुरक्षा व्यवस्थासम्बन्धी विभिन्न घोषणा गरेका हुन्।उनका अनुसार सर्वसाधारण नागरिक र व्यापारिक प्रतिष्ठानको सुरक्