काठमाण्डु – मध्यपूर्वमा फेरि युद्ध चर्किने आशंका बढिरहेका बेला चीन र रुस कूटनीतिक रूपमा सक्रिय भएका छन् । चीनले इरानसँग संवाद र सहकार्य बढाउन जोड दिएको छ भने रुसी विदेशमन्त्री तेहरान पुगेका छन् । उता इरानले अमेरिकी सैन्य अखडाहरू निष्क्रिय बनाइएको दाबी गर्दै पुन: आक्रमण भए पहिलेभन्दा कडा जवाफ दिने चेतावनी दिएको छ ।