गाउँ जाने बाटो बनाउन रातदिन खट्दै स्थानीय, बाटो नखोले खाद्यान्न हाहाकार हुनसक्ने चिन्ता

  • सोमबार ३ कात्िक २०८३ ०९:०० PM
गोरखा :  उङ्गिलुङ पहिरोपछि आएको स्यारखोलाको बाढीले बगाएको बाटो मर्मत गरी गाउँ जोड्ने बाटो बनाउन स्थानीयबासी रातदिन खटेका छन्।बुढीगण्डकीको सहायक खोला स्यारखोलाको बाढीले गत असोज २५ गते बगाएको चुमनुब्री गाउँपालिका–६ स्थित तल्लोचुमको बाटो मर्मत गरी आवतजावत खुलाउन स्थानीबासी निरन्तर खटिएका हुन्  वडा नम्बर ६ को क्याण्टीलिभर पुल बगाएको क्षेत्रदेखि गुम्लुङसम्मको खण्डमा बाढीले बिगारेको ठाउँमा गाउँलेले धमाधम बाटो बनाइरहेको कार्यवाहक वडाअध्यक्ष ठिले ग्याम्जो लामाले जानकारी दिए। क्याण्ट