काठमाण्डु – नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुभित्र ५० जना नेता तथा कार्यकर्तालाई जिम्मेवारीबाट हटाउने निर्णयले विवाद चर्किएको छ । महासचिव अञ्जना शिवाकोटीको हस्ताक्षरमा जारी सर्कुलरप्रति उपाध्यक्षसहित ५ जना केन्द्रीय पदाधिकारीले आपत्ति जनाउँदै त्यसलाई अवैधानिक र स्वेच्छाचारी भनेका छन् । संगठनको केन्द्रीय कमिटीका सचिवालय सदस्य तथा सदस्यसहित ५० जनालाई जिम्मेवारीबाट हटाउने निर्णय सार्वजनिक भएपछि अनेरास्ववियुभित्रको असन्तुष्टि