ट्याक्टरको हलोमा परेर दुई वर्षीय बालकको मृत्यु

  • सोमबार ३ कात्िक २०८३ ०६:०३ PM
अर्घाखाँची । भूमिकास्थान नगरपालिका–४ धारापानीमा ट्याक्टरको हलोमा परेर दुई वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धारापानीका हरिप्रसाद बन्जाडेका छोरा अमस बन्जाडे रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी जीवन लामिछानेले जानकारी दिए । आफ्नै घरअगाडि खेल्ने क्रममा घरनजिकै राखिएको ट्याक्टरको हलोमा परेर बालकको मुखमा चोट लागेको थियो । घाइते बालकलाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाबारे थप अनुसन्धान तथा पोस्टमार्टम प्रक्रिया पूरा गरेपछि आफन्तले शव बुझेर लगेको प्रहरीले जनाएको छ ।