महोत्तरी : महोत्तरीको जलेश्वर नगरपालिका-६, बडका धबौलीस्थित रातो नदीमा एक पुरुषको शव फेला परेको छ।प्रारम्भिक जानकारीअनुसार अन्दाजी ३५ वर्ष उमेरका पुरुषको शव फेला परेको हो। घटनाबारे जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीको प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक जाँच तथा मुचुल्का प्रक्रिया पूरा गरेको छ।प्रहरीले शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल, जलेश्वर पठाएको छ। हालसम्म मृतकको पहिचान खुल्न सकेको छैन।घटनाबारे थप अनुसन्धान भइरहेको छ भने घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ल