काठमाडौं : बलिउड अभिनेता टाइगर श्राफमाथि गोली प्रहार गरेको घटनामा संलग्न रहेको आरोपमा राजस्थानको कोटा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको दाबी गरेको छ। पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि मुम्बई प्रहरीको जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।राजस्थान प्रहरीका अनुसार पक्राउ परेकामध्ये एक जनाको सम्बन्ध अनिल पण्डित नाम गरेका व्यक्तिसँग रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। अनिल पण्डित लरेन्स बिश्नोई ग्याङसँग सम्बन्धित रहेको बताइएको छ। यद्यपि, पक्राउ परेकाहरूबाट प्रहरीले हालसम्म कुनै