तानसेन : हरेक चाडपर्वले फरक-फरक पहिचान, आनन्द र अनुभूति दिने गर्छन्। दसैँमा पिङ खेल्नु नेपालीहरूको पुरानो परम्परा र संस्कृतिको अभिन्न हिस्सा हो। तर, रोजगारीका लागि अधिकांश युवा विदेशिन थालेपछि दसैँमा पिङ खेल्ने संस्कृति हराउँदै गएको छ। लोप हुँदै गएको पिङ संस्कृतिलाई पाल्पाका केही स्थानमा भने निरन्तरता दिइएको छ।दसैँमा पिङ खेल्न पाल्पाको रामपुर, भैरवस्थान र तानसेनको टुँडिखेलमा मानिसहरूको भीड लाग्ने गर्छ। ‘दसैँमा एकपटक भए पनि धर्ती छोड्नुपर्छ, नत्र स्वर्ग पुगिँदैन’ भन्ने नेपाली उखा