टाइगर श्राफमाथि गोली चलाएको आरोपमा तीनजना पक्राउ, नेपाल भाग्ने तयारीमा थिए

  • सोमबार ३ कात्िक २०८३ ११:३३ AM
मुम्बई– मुम्बईमा अभिनेता टाइगर श्राफको कारमाथि गोली चलाउने आक्रमणकारीलाई १५ घण्टाभित्र राजस्थानको कोटा रेल्वे स्टेसनबाट पक्राउ गरिएको छ। आइतबार राति करिब ७ बजे टाइगरमाथि आक्रमण भएको थियो। आरोपीहरू जयपुर र दिल्ली हुँदै नेपाल भाग्ने तयारीमा रहेका भारतीय सञ्चारमाध्मयले जनाएका छन्।। मुम्बई प्रहरीबाट सूचना पाएपछि कोटा प्रहरीले बिहान १०:३० बजे रेल्वे स्टेसनबाट उनीहरूलाई पक्राउ गरेको हो।