काठमाण्डु- राष्ट्रिय जेन-जी नागरिक अभियानले ग्यालिका आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने सरकारको निर्णय रद्द गर्न माग गरेको छ। सरकारले असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा डोल्मालाई कोषको उपाध्यक्षमा नियुक्त गरेको थियो। नियुक्तिबारे गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अभियानले कानुनी अनुसन्धानको घेरामा रहेको व्यक्तिलाई पवित्र धार्मिक