राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन् । उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित उपत्यकाका प्रमुख शक्तिपीठमध्ये नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, इन्द्रायणी र शोभाभगवतीको पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका हुन् । बडादशैंका अवसरमा शक्तिस्वरुपा दुर्गा भवानीको