काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न नौ शक्तिपीठमा पूजाआराधना एवं दर्शन गरेका छन्। राष्ट्रपति पौडेलले सोमबार काठमाडौँस्थित नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, शोभाभगवती र इन्द्रायणी गरी नौ शक्तिपीठमा