धादिङमा शंकास्पद वस्तु विष्फोट, दुई जना घाइते

  • सोमबार ३ कात्िक २०८३ ०५:०० PM
काठमाडौं : धादिङको ज्यामिरेमा शंकास्पद् बस्तु विष्फोट भएको छ। विष्फोटमा परी दुई जना घाइते भएको प्रहरीले जनाएको छ।बेनिघाट रोराङ गाउँपालिका-९ ज्यामिरेघाटस्थित त्रिशूली नदी किनारमा फेला परेको शंकास्पद वस्तु कोठामा ल्याई फुटाउने क्रममा विष्फोट भएको प्रहरीले जनाएको छ। घटनामा काभ्रे, ढुङखर्क गाउँपालिका-९ घर भएका अन्दाजी २६ वर्षीय जंगे परियार र २४ वर्षीय रामचन्द्र परियार घाइते भएका छन्।उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेर घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरूलाई चितवन मेडिकल कलेज पठाइएको छ। प्रहरीक