काठमाडौं : विश्वकै ठूला अर्थतन्त्रहरूमध्येको एक फ्रान्समा आधुनिक सहर, उन्नत शिक्षा र स्वास्थ्यजस्ता सरकारी सुविधाहरूको विशाल संयन्त्र छ। यद्यपि, सरकारी नीति तथा निर्णयहरूलाई लिएर यहाँ बारम्बार ठूलो जनआन्दोलन भड्किने गरेको छ।कहिले पेन्सन ढाँचामा गरिएको परिवर्तनको विरोधमा लाखौँ कर्मचारीहरू हडतालमा उत्रिन्छन् त कहिल्यै इन्धनको मूल्यवृद्धिलाई लिएर सर्वसाधारण सडकमा आउँछन्। पछिल्लो समय विद्यालयहरूको जीर्ण अवस्थालाई लिएर सुरु भएको विद्यार्थी आन्दोलनले अहिले महँगी र सरकारी नीतिहरूविरुद्धको व्य