काठमाडौं : दसैंका बेला काठमाडौंमा फलफूलको व्यापार बढेको छ । चाडपर्वका बेला पूजाआजा गर्न र कोशेली लान पनि सर्वसाधारणले फलफूल किन्ने गरेका छन् । बजारमा अन्य फलफूलको तुलनामा केरा,स्याउलगायतका फलफूलको व्यापार बढि हुने गरेको छ । फलफूलको आयात बढेकाले यस वर्ष दसैंमा फलफूलमा मूल्य खासै धेरै फरक नदेखिएको व्यापारीहरू बताउँछन्। दसैंको टीकाको दिनपछि पूर्णिमासम्म फलफूलको व्यापार धेरै बढ्ने समेत व्यापारीहरूले बताएका छन् ।