काठमाडौं : पूर्वी नवलपरासीको गैंडाकोटमा रहेको ऐतिहासिक एवं धार्मिकस्थल मौलाकालिका मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । दसैंको नवदुर्गा सुरु भएदेखि मौलाकालिका दर्शन गर्न जाने दर्शनार्थीको भीडभाड बढेको हो।पहिले गैंडाकोटबाट माथि मन्दिरसम्म हिँडेर जानुपर्नेमा अहिले मन्दिरसम्म पुग्नका लागि केबलकार निर्माण भएपछि सहज भएको हो । धार्मिक सेवा समिति मौलाकालिकाका अनुसार यस वर्ष नवदुर्गा लागेसँगै भक्तजनको सङ्ख्या बढेको छ ।यस वर्ष नवदुर्गा लागेपछि र त्यसअघि पनि भक्तजन बढेको समितिले जनाएको छ । फूलपाती