एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग त्रिपक्षीय शिखर वार्ता गर्ने प्रस्ताव अघि सारेका छन् । द वाल स्ट्रिट जर्नलका अनुसार पुटिनले अक्टोबर ९ मा ट्रम्पसँग भएको टेलिफोन वार्ताका क्रममा यस्तो प्रस्ताव गरेका हुन् । प्रस्तावअनुसार आगामी महिना चीनमा हुने एसिया–प्रशान्त आर्थिक सहयोग