लाइभ प्रार्थनामै पादरीमाथि खस्यो विशाल क्रस, घटनास्थलमै गयो ज्यान

  • सोमबार ३ कात्िक २०८३ ०६:०६ AM
काठमाण्डु– दक्षिण अमेरिकी देश इक्वेडरको ग्वायाकिल सहरस्थित एक चर्चमा प्रार्थना सभाको प्रत्यक्ष प्रसारण भइरहेका बेला विशाल काठको क्रस खस्दा एक क्याथोलिक पादरीको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्पेचुओ सोकोरो चर्चका पादरी प्याट्रिसियो अल्फ्रेडो सान्चेज मोलिनारी रहेका छन्। एसोसिएटेड प्रेस (एपी) का अनुसार शनिबार साँझ प्रार्थना सभा सञ्चालन भइरहेका बेला वेदीमाथि भित्तामा राखिएको ठूलो क्रुस अचानक