जनकपुरधाम । धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । सबैलाबाट धनुषाधामतर्फ जाँदैगरेको मधेश प्रदेश ०२–०१ प ६४४९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदैगरेको ना ६ ख ९०३१ नम्बरको बसले गएराति ठक्कर दिँदा मोटरसाइकल चालक धनुषाधाम नगरपालिका ७ निवासी