काठमाण्डु – आइसिसी विश्वकप लिग–२ अन्तर्गतको अन्तिम खेलमा नेपालले घरेलु टोली ओमानको सोमबार सामना गर्दैछ। अल अमेरत क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा हुन लागेको खेल नेपाली समयअनुसार ११ः १५ बजेदेखि सुरु हुनेछ। लिग-२को शीर्ष ६ मा अटाउन नेपाललाई खेल जित्नैपर्ने दबाब छ। नेपालले यसअघि क्यानडा र ओमानलाई हराएको थियो भने शनिबार क्यानडासँग पराजित भएको