सिमरा: बाराको परवानीपुरमा सर्पको डसाईबाट आइतबार राति एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा परवानीपुर गाउँपालिका-५ नौतनकी १० वर्षीया सम्झना कुमारी साह रहेकी छिन् ।बालिकालाई घरमा सुतिरहेको बेला राति करिब १२ बजे सर्पले डसेको थियो। घटनालगत्तै उनलाई वीरगन्जस्थित नारायणी अस्पतालको सर्पदंश उपचार केन्द्र लगिएपनी चिकित्सकले मृत घोषणा गरेका हुन् ।अस्पताल पुर्याउदा बालिकाको मृत्यु भइसकेको थियो। चिकित्सकले राति १२:३० बजे बालिकालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।