काठमाण्डु – घटस्थापनासँगै मिथिला भक्तिको रङमा रङ्गिन्छ। बिहानैदेखि देवीका मन्दिरमा घण्टी बज्न थाल्छन्, भजन–कीर्तन गुञ्जिन्छन् र श्रद्धालुको चहलपहल बढ्छ। घरघरमा जमरा राखिन्छ, दुर्गाको आराधना गरिन्छ, नवरात्रका नौ दिन मिथिलाको धार्मिक जीवन देवीमय बन्छ। मिथिलामा दसैँ केवल एउटा पर्व होइन, यो यहाँको धार्मिक आस्था, लोकविश्वास र सांस्कृतिक जीवनसँग जोडिएको उत्सव हो। जनकपुरधामदेखि महोत्तरी, सर्लाही, सिरहा हुँदै