काठमाडौं । आँखा स्वास्थ्य क्षेत्रमा नेपालले पछिल्लो समय हाँसिल गरेको उपलब्धि र यसलाई अन्तर्राष्ट्रिय समुदायले गरेको विश्वासले नेपाललाई गुणस्तरीय तथा सर्वसुलभ स्वास्थ्य सेवाको आकर्षक गन्तव्य (हव)का रुपमा स्थापित गर्ने आधारशिला तयार गरेको छ । यो आधारशिलाको अनुपम उदाहरण नेपाल नेत्रज्योति संघअन्तर्गत सञ्चालित आँखा अस्पतालहरुले विदेशी नागरिकहरुलाई समेत प्रदान गरिरहेको आँखा स्वास्थ्य उपचार सेवा तथा विभिन्न