कटुञ्जेको सुशील भैरव मन्दिरमा सन्ध्या आरती सुरु

  • सोमबार ३ कात्िक २०८३ ०८:०० AM
भक्तपुर : सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित ऐतिहासिक सुशीला भैरव मन्दिरमा यो वर्षको महाअष्टमीबाट सन्ध्या आरती गर्ने परम्परा सुरु गरिएको छ। नवरात्रको महाअष्टमीका अवसरमा आइतबार साँझ आयोजित कार्यक्रममा सूर्यविनायक नगरपालिका–५ का वडाध्यक्ष राजकुमार जोशी र पण्डित अरविन्द्र शास्त्रीले संयुक्त रूपमा सन्ध्या आरतीको उद्घाटन गरेका छन्। मन्दिर विकास समितिका अनुसार अब हरेक महिनाको पहिलो आइतबार सन्ध्या आरती गरिनेछ।आइतबार आयोजित सन्ध्या आरती उद्घाटन समारोहलाई सम्बोधन गर्दै वडाध्यक्ष जोशीले