काठमाडौंमा मोटरसाइकल दुर्घटना, एक भारतीय नागरिकको मृत्यु

  • सोमबार ३ कात्िक २०८३ ०८:०० AM
काठमाडौं : गोकर्णेश्वर न.पा. ९, आरुबारीस्थित राममन्दिर नजिकै मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आइतबार राति रौतहट घर भई हाल काठमाडौं बस्दै आएका १८ वर्षीय मोहन ठाकुरले चलाएको बा ९० प ३३२५ नम्बरको मोटरसाइकल सडकमा चिप्लिएर दुर्घटना भएको हो। प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल पछाडि सवार भारत घर भई हाल काठमाडौं महानगरपालिका–६, तिनचुली बस्ने १६ वर्षीय महमद जसिमको मृत्यु भएको हो। जसिमलाई नेपाल मेडिकल कलेज, अत्तरखेल पुर्‍याउँदा चिकित्सकले बाटोमै मृत्यु भएको पुष्टि