काठमाडौं : क्यानडाको अल्बर्टा प्रान्तस्थित सैन्य शिविरमा भएको भीषण आगलागीमा कम्तीमा चार सैनिकको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको प्रधानमन्त्री मार्क कार्नीले बताएका छन् ।शनिबार स्थानीय समयअनुसार अपराह्न करिब ४ बजे क्यानडियन फोर्सेस बेस वेनराइटमा आगलागी भएको थियो । तीव्र हावाका कारण आगो छिटो फैलिएको स्थानीय प्रशासनले जनाएको छ ।आगलागीको कारणबारे आधिकारिक पुष्टि भएको छैन । स्थानीय सञ्चारमाध्यमका अनुसार सैन्य अभ्यासका क्रममा ग्यासको मुख्य पाइपमा क