रुसको सेन्ट पिटर्सबर्गमा युक्रेनी ड्रोन आक्रमण, एक जनाको मृत्यु, पाँच घाइते

  • सोमबार ३ कात्िक २०८३ १२:०० AM
काठमाडौं : रुसको सेन्ट पिटर्सबर्गमा युक्रेनले रातभर गरेको ड्रोन आक्रमणमा कम्तीमा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । बिबिसिमा उल्लेख भए अनुसार आक्रमणबाट तेल टर्मिनल, तेल डिपो र अन्य पूर्वाधारमा क्षति पुगेको छ ।क्षेत्रीय गभर्नर अलेक्ज्याण्डर बेग्लोभका अनुसार आक्रमणपछि सेन्ट पिटर्सबर्ग तेल टर्मिनल र रुची तेल डिपोमा आगलागी भएको थियो । आगो नियन्त्रणमा लिने प्रयास भइरहेको उनले बताएका छन् ।आक्रमणमा रुसी अनलाइन बजार ओजोनसँग सम्बन्धित रसद केन्द्र र सामाजिक सञ्जाल भीके (VKontakte) क