गगन थापामाथि एमाले नेता अन्सारीको आरोप : ‘कांग्रेसलाई हिन्दू धर्मको ठेकेदार बनाउन खोजियो’

  • आइबार​ २ कात्िक २०८३ ०३:२२ PM
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य एवं मुस्लिम अगुवा अबुल हुसेन अन्सारीले नेपाली कांग्रेसका सभापति गगन थापाको धार्मिक शैलीप्रति आपत्ति जनाउँदै उनलाई कट्टर हिन्दूवादी नेताका रूपमा प्रस्तुत हुन खोजेको आरोप लगाएका छन्। कांग्रेसको पार्टी कार्यालयमा पण्डित बोलाएर स्वस्ति वाचन गराउँदै पदभार ग्रहण गरेको प्रसङ्गमा टिप्पणी गर्दै अन्सारीले कांग्रेस कुनै एक धर्मको प्रतिनिधित्व गर्ने पार्टी नभई उदारवादी लोकतान्त्रिक संगठन भएको बताएका छन्। उनले कांग्रेसका संस्थापक नेता बीपी कोइराला र पूर्वसभापति गिरिजाप्रसाद कोइरालाले पार्टी कार्यालयमा यसरी पूजापाठ गराएको इतिहास आफूलाई थाहा नभएको उल्लेख गर्दै गगन थापाको शैलीप्रति व्यङ्ग्य गरेका छन्। ‘नेपाली कांग्रेस कट्टर हिन्दूवादी पार्टी ... The post गगन थापामाथि एमाले नेता अन्सारीको आरोप : ‘कांग्रेसलाई हिन्दू धर्मको ठेकेदार बनाउन खोजियो’ appeared first on Kalika Khabar.