मुम्बई– बलिउड अभिनेता टाइगर श्रोफमाथि मुम्बईको जुहू क्षेत्रमा गोली प्रहार भएको छ। भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार मोटरसाइकलमा आएका तीन जनाले श्रोफ सवार गाडीमा पाँच राउन्ड गोली चलाएका थिए। घटनामा टाइगर सुरक्षित रहेका छन् । तर उनका चालक तथा नजिकै रहेका एक अटो रिक्सा चालक घाइते भएको समाचारमा उल्लेख छ। घाइतेहरूलाई तत्काल अस्पताल लगिएको थियो।