बेल्जियमको ब्रसेल्स र लिज सहरमा शनिबार प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। युरोपका विभिन्न भागमा बढ्दो महँगीविरुद्धको आन्दोलन चर्किरहेका बेला बेल्जियममा पनि तनाव उत्पन्न भएको युरोन्युजले जनाएको छ। युरोन्युजका अनुसार प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा प्रहार गरेको थियो। प्रदर्शनकारीहरूले पनि सुरक्षाकर्मीमाथि पानीका बोतललगायतका वस्तु प्रहार गरेको देखिएको थियो। बेल्जियमका गृहमन्त्री बर्नार्ड क्विन्टिनले यस घटनालाई हाम्रो समाजलाई