बुढीगण्डकी बाढी प्रभावित पाँच सय घरधुरीमा बल्यो बिजुली

  • आइबार​ २ कात्िक २०८३ ०५:०० PM
गोरखा : गत असोज २५ गतेको बुढीगण्डकी बाढीबाट प्रभावित चुमनुब्री–३ का पाँच सय घरधुरीमा बिजुली बत्ती बलेको छ। बाढीले ट्रान्समिसन लाइन बगाएर क्षतिग्रस्त सिर्दिवास–उहिया साना जलविद्युत् आयोजनाको आंशिक मर्मतसम्भार भएपछि आइतबार दिउँसोबाट बत्ती बलेको उपभोक्ता समितिका अध्यक्ष सुजन गुरुङले जानकारी दिए।भालुवनमा अवस्थित सिर्दिवास–उहिया साना जलविद्युत् आयोजना र जगत मिनी हाइड्रोपावर आयोजना क्षतिग्रस्त भएपछि ९७० भन्दा बढी घरधुरीका बासिन्दा विद्युत् सेवाबाट वञ्चित थिए। ‘५ दिन लगातार काम