काठमाडौं : यमनमा हुथी विद्रोहीसँग तनाव बढिरहेका बेला साउदी अरबका दुई पाइलटको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ।बीबीसी अरबीका अनुसार यमन सरकारलाई समर्थन गर्दै आएको साउदी नेतृत्वको सैन्य गठबन्धनले आइतबार एक टोही हेलिकोप्टर प्राविधिक खराबीका कारण यमनको सीमाक्षेत्रनजिक दुर्घटनाग्रस्त भएको जनाएको छ।हुथी विद्रोहीसँग तनाव बढेपछि साउदी अरबले आफ्ना सैन्य कर्मचारीको मृत्यु भएको जानकारी सार्वजनिक गरेको यो पहिलो घटना हो।यसैबीच आइतबार बिहान अन्सार अल्लाह समूहसँग सम्बन्धित यमनी सशस्त्र बलका प्रवक्ता याह्या