बुटवल : दशैं मनाउनका लागि बुटवल सहरबाट गाउँ जानेहरूको लर्को लागेको छ। बुटवलमा बहुसंख्यक पहाडी जिल्लाबाट आएका नागरिकहरूको बसोवास छ।लुम्बिनी प्रदेशको प्रमुख व्यापारिक केन्द्र भएकाले पनि यहाँ अधिकांश नागरिकहरू रोजगारीका लागि आउने गर्छन्। शैक्षिक र स्वास्थ्य उपचारका लागि पनि बुटवल लुम्बिनीका १२ वटै जिल्लाका साथै गण्डकी प्रदेशका केही जिल्लाका नागरिकहरूको प्रमुख आकर्षणको केन्द्र हो।