पेरिस– फ्रान्समा शनिबार ‘यलो भेस्ट’ आन्दोलनका क्रममा सडकमा भएको झडप, लुटपाट र तोडफोडका तस्बिर सामाजिक सञ्जालमा भाइरल भएका छन्। महँगीविरुद्ध फ्रान्समा शनिबार ८ लाख मानिस सडकमा उत्रिएका थिए। केही ठाउँमा प्रदर्शनकारीले प्रहरीका गाडीमा ढुङ्गा हानेर प्रहरीलाई लखेटिरहेको देखिएको छ। केही स्थानमा एप्पल स्टोरबाट आईफोनसमेत लुटिए। लिमोज सहरमा प्रदर्शनकारीले १४३ वर्ष पुरानो टाउन हलमा आगो लगाए।