काठमाण्डु – शारदीय नवरात्रको आठौँ दिन दसैँघर वा पूजाकोठामा ९ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । नवरात्रको पहिलो दिन असोज २५ गते आईतबार शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको