काठमाण्डु – जुवातास खेलिरहेको अवस्थामा प्रहरीले काभ्रे र रुपन्देहीबाट ११ जनालाई पक्राउ गरेको छ । काभ्रेको पनौती नगरपालिका–५ ढलमलेस्थित मेघराज कार्कीको चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा मेघराज समेत ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १९ हजार ३७५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको छ ।