काठमाडौं : नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री प्रदीप पौडेलले आफूहरुले प्राप्त गरेको जिम्मेवारी केवल पद र प्रतिष्ठा मात्र नभएको बताएका छन्।आइतबार बडादसैंको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै पौडेलले प्राप्त जिम्मेवारी पार्टीका लाखौँ कार्यकर्ताको पसिना र करोडौँ नागरिकको आशाको प्रतिबिम्ब भएको बताएका हुन्। उक्त आशालाई परिणाममा बदल्ने जिम्मेवारी आफूहरूको रहेको उल्लेख गर्दै उनले कांग्रेसलाई गतिशील, विचारशील र आधुनिक बनाउने साझा जिम्मेवारी रहेको बताएका छन्।सामूहिक उत्तरदायित्व र आप