सिन्धुली : मध्यपहाडी लोकमार्ग अन्तरगत सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानस्थित सुनकोसी नदीमा सुमो दुर्घटना हुँदा मृत्यु भएका तीनै जनाको पहिचान खुलेको छ। आइतबार काठमाडौंबाट खोटाङ आउँदै गरेको को १ ज २९७६ नम्बरको सुमो सुनकोसी नदिमा खस्दा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५, लफ्याङ दुभेकी २१ वर्षीया युपना राई, १० वर्षीया काब्या राई र खोटेहाङ गाउँपालिका–६, इन्द्रेणीपोखरी घर भई दिक्तेल बस्दै आएकी १६ वर्षीया स्वस्तिका विश्वकर्माको मृत्यु भएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी क