काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि विराटनगर किंग्सले विश्व क्रिकेटका चर्चित अलराउन्डर आन्द्रे रसेललाई अनुबन्ध गरेको छ। विश्वभरका विभिन्न फ्रेन्चाइज क्रिकेट लिगमा आफ्नो विष्फोटक ब्याटिङ, प्रभावशाली बलिङ र उत्कृष्ट फिल्डिङका कारण परिचित रसेलको आगमनसँगै विराटनगर किंग्सले आगामी सिजनका लागि आफ्नो टोलीलाई थप मजबुत बनाएको छ।वेस्ट इन्डिजका अनुभवी खेलाडी रसेललाई टी-२० क्रिकेटका सबैभन्दा खतरनाक अलराउन्डरमध्ये एक मानिन्छ। दबाबपूर्ण अवस्थामा पनि खेलको दिशा परिवर्तन गर्न सक्ने क्ष