काठमाण्डु- अर्जेन्टिनाबाट विश्राम लिएका लियोनेल मेस्सी क्लब फुटबलमा झनै आक्रमक देखिएका छन्। शनिबार एटलान्टाविरूद्ध दोस्रो हाफमा व्यक्तिगत कौशल देखाउँदै दुई गोल गरे। त्यससँगै एमएलएसमा उनको गोलसंख्या २५ पुगेको छ। इन्टर मियामीले एटलान्टा युनाइटेडलाई उसकै मैदानमा ३–१ ले हरायो। मेक्सिकोका स्ट्राइकर जर्मान बेर्तेरामेले ४५औँ मिनेटमा मियामीलाई अग्रता दिलाएपछि दोस्रो हाफमा मेस्सीले चार मिनेटभित्र दुई गोल गरे।