रसुवा : गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण उत्तरगया गाउँपालिका वडा नम्बर ४ र ५ को खेतीयोग्य जमिन बगरमा परिणत भएको छ।त्रिशूली नदीनजिकैका पैरेबेँसी, खाल्टे, नौबिसे र कैदलेटारमा खेतीयोग्य समथर फाँट तथा बस्ती रहेको थियो। धान भित्र्याउने समय नजिकिँदै गर्दा बाढीले धानबालीसहित खेतमा क्षति पुर्याएपछि स्थानीय किसानको खाद्य सुरक्षा र जीविकोपार्जनमा गम्भीर असर परेको छ।स्थानीयका अनुसार पैरेबेँसी क्षेत्रमा धानबाली भित्र्याउने समय भए पनि बाढीले धान फल्ने खेतसमेत बगाएको छ। खेतीयोग्य ज