कपिलवस्तु । विजयादशमी तथा शुभ दीपावलीलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले धार्मिक सहिष्णुता, आपसी सद्भाव र सार्वजनिक शान्ति कायम राख्न जिल्लावासीलाई आग्रह गरेको छ । प्रशासनले धार्मिक तथा सांस्कृतिक गतिविधिका नाममा झैँझगडा, अफवाह र सामाजिक सद्भावमा खलल पुर्याउने गतिविधि गरे प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनीसमेत दिएको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको अनुरोधपत्रमा