फ्रान्सको प्रदर्शन हिंसात्मक: १४३ वर्ष पुरानो टाउन हलमा आगजनी, एप्पल स्टोरमा लुटपाट

  • आइबार​ २ कात्िक २०८३ ०२:०० PM
काठमाडौं : फ्रान्समा शिक्षा प्रणालीमा सुधार र बढ्दो महँगीको विरोधमा आयोजित प्रदर्शन शनिबार अत्यन्त हिंसात्मक बनेको छ।आयोजक ट्रेड युनियनका अनुसार देशभर करिब ८ लाख मानिस सडकमा उत्रिएका छन्। करिब एक महिनाअघि विद्यार्थीहरूले गुणस्तरीय शैक्षिक सुविधा र सरकारी सेवामा सुधारको माग गर्दै सुरु गरेको विरोध अहिले विशाल आन्दोलनमा परिणत भएको छ।आन्दोलनका क्रममा सडकमा झडप, तोडफोड र व्यापक लुटपाटका घटनाहरू भएका छन्। यस हिंसात्मक प्रदर्शनका धेरै तस्बिर तथा भिडियोहरू सामाजिक सञ्जालमा तीव्रताका साथ भाइरल भइरहे