नवरात्रसँगै दशैंको चहलपहल देशभर भइरहेको छ। परिवार, आफन्त, कुलकुटुम्बबीच भेटघाटको क्रम विस्तारै बढ्दै छ। यस्तोमा के गर्ने ? धेरैको योजना हुन्छ, रमाइलो गर्ने। चाडवाडमा खानपिन गर्दा ख्याल गर्नुपर्ने पक्ष हो, स्वास्थ्य।प्रायः सबै जातजाति र समुदायमा बनाउने बडा दसैं भेटघाट र एकताको पर्व पनि हो। यस्ता पर्वहरूमा माछा, मासु खाँदा स्वास्थ्यमा पनि ध्यान दिनुपर्ने चिकित्सकहरू सुझाउँछन्। मासुका परिकारमा पानीको मात्रा कम र चिल्लो पदार्थ अधिक हुन्छ। यसले हाम्रो शरीरमा असन्तुलन पैदा गर्छ। वरिष्ठ मुटु रोग विशेषज