भूकम्प गएको झन्डै तीन वर्ष बित्न लाग्दासमेत निजी आवास पुनर्निर्माणले गति लिन नसक्दा जाजरकोट , रुकुम पश्चिम र सल्यानका भूकम्पपीडित यस वर्ष पनि अस्थायी टहरामै दशैं मनाउन बाध्य हुने भएका छन् । स्थानीय तहमा लाभग्राही कायम गर्ने, अनुदान सम्झौता गर्ने र पहिलो किस्ताको रकम माग गर्ने प्रक्रिया अघि बढे पनि अधिकांश प्रभावित परिवारको स्थायी आवास