पद्म नर्सिङ होमको घुस प्रकरणमा पूर्वस्वास्थ्यमन्त्री पाण्डेमाथि कारबाही सिफारिस

  • आइबार​ २ कात्िक २०८३ ०५:४६ AM
पोखरा । पोखरास्थित पद्म नर्सिङ होमलाई १०० शय्याको अनुमति दिने क्रममा ३० लाख रुपैयाँ घुसको ‘डिल’ गरेको आरोप लागेका गण्डकी प्रदेशका पूर्वस्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डे र उनका स्वकीय सचिव यादव पौडेलमाथि कारबाही गर्न सिफारिस गरिएको छ। नेकपा (एमाले) गण्डकी प्रदेशसभा संसदीय दलद्वारा गठित तीन सदस्यीय छानबिन समितिले अध्ययन प्रतिवेदन तयार गरी संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री खगराज अधिकारी र एमाले गण्डकीका अध्यक्ष नवराज शर्मालाई बुझाएको हो। समितिले प्रतिवेदनमार्फत पूर्वमन्त्री पाण्डे र उनका स्वकीय सचिव पौडेलमाथि कारबाही गर्न सिफारिस गरेको छ। उक्त प्रकरणमा समितिले गरेको अध्ययनका आधारमा प्रतिवेदन तयार पारिएको हो। The post पद्म नर्सिङ होमको घुस प्रकरणमा पूर्वस्वास्थ्यमन्त्री पाण्डेमाथि कारबाही सिफारिस appeared first on Kalika Khabar.