काठमाडौं : जबरजस्ती करणी मुद्दामा सजाय भुक्तान गरिरहेका क्रममा नख्खु कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ। काभ्रेपलाञ्चोकको मण्डनदेउपुर गाउँपालिका-१ घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका-२ सुन्दरीजल बस्दै आएका ३० वर्षीय राज सुन्दर तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।प्रहरीका अनुसार २०८२ भदौ २४ गते नख्खु कारागारमा घटेको घटनाका क्रममा तामाङ फरार भएका थिए। उनी जबरजस्ती करणी मुद्दामा नख्खु कारागार ललितपुरमा कैद भुक्तान गरिरहेका थिए। प्रहरी प्रभाग सु