बिरामीको भरोसा जित्दै लहान आँखा उपचार केन्द्र

  • आइबार​ २ कात्िक २०८३ १०:२२ AM
काठमाडौँ। कुनै समय पूर्वी नेपालका नागरिकले आँखामा समस्या देखिए उपचारका लागि काठमाडौँ वा भारतका विभिन्न सहर पुग्नुपर्ने बाध्यता थियो।  उपचारमा लाग्ने खर्च, लामो यात्रा र काम छाडेर अस्पताल बस्नुपर्ने कठिनाइले विशेषगरी आर्थिक अवस्था कमजोर भएका परिवारलाई थप पीडा हुन्थ्यो। अर्कोतर्फ समयमै उपचार नपाउँदा सामान्य समस्या पनि जटिल बन्ने र दृष्टि गुमाउनुपर्ने जोखिम उत्तिकै थियो। यही अवस्थाको अन्त्य गर्दै पायक पर्ने स्थानमा आँखा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले सिरहाको लहानमा सुरु गरिएको आँखा उपचार केन्द्र अहिले आँखाका बिरामीका लागि भरोसाको केन्द्र बनेको छ।  यसले उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता कम गरेको छ भने भारतबाट समेत उपचारका लागि आउने बिरामीको चाप बढ्दै गएको छ। सुरुआती दिनमा १२ शय्याबाट सेवा थालेको केन्द्र स्थानीय समुदायको अपनत्व, अन्तर्राष्ट्रिय सहयोग र नेपाल नेत्रज्योति सङ्घको निरन्तर पहलबाट विकसित हुँदै आएको छ। सगरमाथा चौधरी आँखा अस्पतालको सेवा अहिले लहानमा मात्र सीमित छैन। विराटनगरसम्म विस्तार भएको सेवाले पूर्वी नेपालमा आँखा उपचारको पहुँच र स्वरूप परिवर्तन गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। भौतिक पूर्वाधार, अत्याधुनिक चिकित्सकीय उपकरण र जनशक्तिका दृष्टिकोणले लहानस्थित सगरमाथा चौधरी आँखा अस्पताल र विराटनगर आँखा अस्पताल उत्कृष्ट स्वास्थ्य संस्थाका रूपमा विकसित भएका छन्। स्थानीय समुदायसँगको सहकार्य, स्वास्थ्य सेवाप्रतिको सामाजिक जिम्मेवारी, दक्ष जनशक्ति विकास र सर्वसाधारणसम्म उपचार पुर्‍याउने लामो प्रयासबाट यी संस्था स्थापित भएका हुन्। यसरी सुरु भएको थियो लहानबाट नेपालमा आँखा उपचार सेवालाई व्यवस्थित र सर्वसुलभ बनाउने उद्देश्यले सन् १९७८ मा नेपाल नेत्रज्योति सङ्घ स्थापना भएको थियो। तत्कालीन समयमा देशका विभिन्न क्षेत्रमा आँखासम्बन्धी रोगको पहिचान र उपचारका लागि आवश्यक स्वास्थ्य संस्था तथा विशेषज्ञ जनशक्तिको पर्याप्त उपलब्धता थिएन। सन् १९८२ मा क्रिस्टोफेल ब्लाइन्डेनमिसन (सिबिएम) र नेपाल नेत्रज्योति सङ्घबीच सहकार्यको आधार तयार भयो। सन् १९८३ मा सिबिएमसँग आबद्ध चिकित्सक ए