हुम्ला : असोज १० र ११ गते परेको हिमपातका कारण हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित लिमि क्षेत्रमा करिब ३००/ ३५० वटासम्म याक, झोपा र घोडा पाटनमै थुनिएका छन्। हिमपातपछि सडकमा जमेको हिउँ पन्छाउन नसक्दा पशु चौपायाको अवस्था बुझ्नसमेत कठिन भएको छ। नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङका अनुसार हिमपात हुनुअघि चराउनका लागि पाटनमा लगिएका पशु चौपाया असोज १० गतेदेखि लगातार परेको हिउँका कारण उतै थुनिएका बताए। पशु चौपाया जीवित छन् वा मरेका छन् भन्नेबारे अहिलेसम्म यकिन जानक